एकैदिन १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि ।

जेष्ठ १४, बुधवार नेपालमा एकैदिन १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. बिकास देबकोटाले सार्बजनिक गरेकाे नियमित प्रेस बक्तब्यमा आज जम्मा १ सय १४ जनामा संक्रमित पुष्टि भए सँगै अहिले नेपालमा कुल संक्रमित ८ सय ८६ पुगेका छन् ।

संक्रमित पुष्टि हुनेमा सप्तरीका ११ जना, झापाका १७ धजना, रुकुमपूर्बका ३ जना, दाङका १५ जना, बाँकेका १६ जना, सिराहाका २ जना, बाराका ७ जना, रौतहटका ३६ जना, मकवानपुरका १ जना र बाग्लुङका ६ जनामा रहेका छन ।

यस्तै, कोरोना संक्रमणबाट स्वास्थ्यलाभ गरी निको हुनेका संख्या १ सय ८३ पुगेको छ । निको हुनेमा १ सय ४२ पुरुष र ४१ जना महिला रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो बिवरणमा नारायणी अस्पताल बिरगञ्जबाट पर्साका २१ जना, कोशी अस्पतालबाट उदयपुरका ४ जना, शुशिल कोईराला मेमोरियल अस्पतालबाट बाँकेका २ जना र बर्दियाका १ जना संक्रमित निको भएर घर फर्किएका छन ।