१ सय ५५ जना काेराेनालाई जितेका छन, संक्रमितकाे संख्या ७ सय ७२ पुग्याे ।

जेष्ठ १३, आज मंगलबार अहिले सम्मकै धेरै एकैदिन ९० जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ। जम्मा संक्रमितकाे संख्या ७ सय ७२ पुगेकाे छ भने १ सय ५५ जनाले काेराेनालाई जितेर घर फर्किएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. बिकास देबकोटाले सार्बजनिक गरेकाे नियमित प्रेस बक्तब्यमा थप ९० जनामा संक्रमित पुष्टि भएकाे हाे ।

संक्रमित पुष्टि हुनेमा महोत्तरीका २, जना, जुम्ला स्थायी घर भई बारामा कार्यरत २ जना, बाराका ३ जना, रौतहटका २२ जना, सिराहाका ५ जना, धनुषाका १ जना, बाँकेका ८ जना, कपिलबस्तुका २६ जना, अर्घाखाँचीका २ जना, गुल्मीका २ जना, रुपन्देहीका १ जना, कैलालीका १ जना, अछामका १ जना, स्याङजाका २ जना, र सुर्खेत्का १२ जनामा संक्रमण पुष्टि भएकाे छ।

आज संक्रमण देखिएकाको परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा, भेरी अस्पतालको प्रयोगशाला, सेती अस्पतालको प्रयोगशाला, सुर्खेत प्रादेशिक प्रयोगशाला, राप्ती प्रयोगशाला र गण्डकी प्रादेशिक प्रयोगशालामा पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो बिवरणमा नारायणी अस्पताल बिरगञ्जबाट ४३ जना संक्रमित निको भएर घर फर्किएका हुन् । आजसम्म नेपालका ७७ जिल्लामध्ये ४६ जिल्लाका मानिसहरुमा संक्रमण पुष्टि भएको छ ।

आज स्याङजा, अर्घाखाची र जुम्ला जिल्लाका नागरीकमा संक्रमण देखिएसँगै यी ३ नयाँ संक्रमित फेला परेको जिल्लाको सूचीमा अद्यावधिक भएका छन् ।