पोखरा जेसीजको ४५औं वार्षिकोत्सव सम्पन्न

पोखरा, २९ चैत ।
पोखरा जेसीजले ११ अप्रिल, २०१९ (२०७५ चैत्र २८ गते)४५औं वार्षिकोत्सव मनाएको छ । पोखरा जेसीजका अध्यक्ष सन्तोष शाहीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल जेसीज क्षेत्र ‘ख’ निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी गोकुल सापकोटा थिए ।

कार्यक्रममा विशेष अतिथिमा पोखरा जेसीजका संस्थापक निर्देशक, पूर्व अध्यक्ष, पोखरा उद्योग वाणिज्य संघ तथा नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी थिए ।’पोखरा जेसीजकै संस्थापक निर्देशक कृष्ण प्रशाद आचार्य, पोखरा जेसीजका विभिन्न वर्षमा नेतृत्व प्रदान गरेका पूर्व अध्यक्षज्यूहरु, पोखरा जेसीजका निवर्तमान अध्यक्ष तथा नेपाल जेसीजका क्षेत्र ख ट्रेनिङपुल कमिशनार जेसी शिव सुवेदी, नेपाल जेसीजका बोर्ड एड्भाइजर तथा पोखरा लेडि जेसीजका निवर्तमान अध्यक्ष सन्तु पौडेल, लेखनाथ जेसीजका निवर्तमान अध्यक्ष तथा नेपाल जेसीजका वोर्ड एड्भाइजर जेसी शालिकराम ओझा, पोखरा लेडि जेसीजका अध्यक्ष सपना गिरी, लेखनाथ जेसीजका अध्यक्ष रोशन अधिकारी, आदर्श समाज सामाजिक संस्थाका अध्यक्ष भीम देव शर्मा, पोखरा जेसीज, पोखरा लेडि जेसीज, लेखनाथ जेसीजका बोर्ड सदस्यहरु, साधारण सदस्यहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा पोखरा जेसीजको बन्दै गरेको भवन निर्माण सम्बन्धी जानकारी किरण के।सी।ले राखेका थिए । सोही अवसरमा नविन थापा मगर, तिलक प्रसाद लामिछाने, पवित्रा अधिकारी ९सर्जि०, ध्रुव पोखरेल, बलराम कुंइकेलले आर्थिक सहयोग गरेका छन् ।

पोखरा लेडी जेसीका अध्यक्ष सपना गिरी, लेखनाथ जेसीजका अध्यक्ष रोशन अधिकारी र आदर्श समाज सामाजिक संस्थाका अध्यक्ष भीम देव शर्माले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा संस्थापक निर्देशक कृष्ण प्रसाद आचार्यले संस्था स्थापना गर्दाको अनुभव सेयर गर्नुका साथै संस्थाका हालका सदस्यहरु र संस्थाको प्रगति देखेर खुशी व्यक्त गरे । विशेष अतिथि आनन्दराज मुल्मीले संस्था ४५औं वर्ष पुरा गरेको अवसरमा शुभकामना व्यक्त गर्दै जेसीजले असल व्यक्ति बन्न सिकाउने, एउटा जिम्मेवार नागरिकले आफ्नो परिवार, समाज र राष्ट्रलाई बिर्सन नहुने कुरा व्यक्त गरे ।

प्रमुख अतिथि जेसीज गोकुल सापकोटाले शुभकामना व्यक्त गर्दै अग्रजहरुले देखाएको बाटोमा अगाडि बढ्दै, समाज परिवर्तनका लागि धेरै मान्छे नचाहिने र थोरै मान्छेले पनि समाज र राष्ट्रलाई परिवर्तन गर्न सक्छन् भन्ने कुरा राखेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य पोखरा जेसीजका कार्यकारिणी उपाध्यक्ष मोहन प्रसाद अधिकारीले राखेका थिए । धन्यवाद ज्ञापन कार्यक्रम संयोजक सन्देश पराजुली र कार्यक्रम सञ्चालन महासचिव शक्ति वरुवालले गरेका थिए ।

पोखरा जेसीजकै आफ्नो भवनमा सम्पन्न उक्त कार्यक्रमको अन्तिममा ४५औं वार्षिकोत्सवको अवसरमा केक काटि आपसमा शुभकामना आदानप्रदान गरि समापन गरिएको थियो ।