नेपालमा थप ३० जनामा कोरोना भाइरस संक्रमणकाे पुष्टि ।

जेष्ठ , ९

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कूल संख्या ४८७ पुगेको छ ।

मन्त्रालयका अनुसार नवलपरासी विनय त्रिवेणी गाउँपालिका–६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका ६ केसबाध चितवन निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीय महिला रहेका छन् । त्यस्तै नवलपरासी, सुस्ता गाउँपालिका ५ र रामग्राम नगरपालिका ३, १८ निवासी ३३, ३५ वर्षीय पुरुष, १५ वर्षीया किशोरी छन् । कपिलवस्तु वाणगंगा नगरपालिका, मायादेवी गाउँपालिका निवासी २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षिप पुरुष तथा ८ वर्षीय बालिकामा पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ । त्यस्तै, सर्लाहीको गोडैता नगरपालिका ८, ९, ११, १३ र १४ र रामनगर बहुअर्वा गाउँपालिका ७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८, ३९ वर्षीय पुरुष र १८ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका जनाएको छ ।