गण्डकी प्रदेशका सांसद रामजी बरालको शल्याकृया सफल भएको छ ।

जेष्ठ ८, गण्डकी प्रदेशका सांसद रामजी बरालको बिहीबार शल्याकृया सफल भएको छ । नेकपाका नेता समेत रहेका सांसद बरालको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सानो आन्द्रामा जम्मा भएकाे फोहोर हटाउन गरिको शल्यकृया सफल भएको उपकुलपति डा.बुद्धिबहादुर थापाले जनाए ।

फोहोर जमेर बसेका कारण आन्द्रा फुट्ने जोखिम भएकोले अस्पताल भर्ना भएको करिब डेढ घण्टामै शल्यकृया गरिएको हाे । बरालको आन्द्रामा समस्याका कारण बिगतमा काठमाण्ठौं देखि भारतसम्म उपचार गर्न पुगेका थिए ।

डा. नरेन्द्र गुरुङ, सुरेस पौडेल सहितको टोलीले करिब डेढ घण्टामै शल्यकृया गरेका हुन् ।

उनको उपचारमा प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने प्रति उनका स्वकिय सचिव दीननाथ बरालले धन्यवाद दिएका छन् । सांसद बराल हाल प्रतिष्ठानकै सघन उपचार कक्षामा रहेकाछन् । सांसद बराललाई भेट्न प्रदेशका सभामुख नेत्रनाथ अधिकारी सहित नेकपाका नेताहरु अस्पताल पुगेका थिए ।