नेपालमा एकैदिनमा ५० जनामा संक्रमण पुष्टि । संक्रमिकाे संख्या ५ सय ७ पुग्याे ।

जेष्ठ ९, आजै थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. बिकास देबकोटाले सार्बजनिक गरेकाे नियमित प्रेस बक्तब्यमा अहिलेसम्म ५०७ जनामा संक्रमण भएको पुष्टि गरे ।

कैलालीका १९, २३ र २६ बर्षका ३ जना पुरुष, डडेलधुरा परशुराम १० का २८ बर्षका १ पुरुया, बैतडी शिवनाथ १ का २२ बर्षका एक पुरुष, बाँकेका २८ बर्षदेखी ६१ बर्षका १४ जना पुरुष जसमध्ये १३ जना नरैनापुरका रहेको र मोरङका ४१ बर्षका पुरुष गरी २० जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

आजै यसअघि बिहान ९ बजे मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले बिज्ञप्तिमार्फत नवलपुरका १ जना, परासीका ३ जना, चितवनका २ जना, कपिलबस्तुका ८ बर्षकी बालिका सहित ९ जना, सर्लाहीका १५ जना सहित ३० जनामा कोरोना संक्रमण पुष्टि गरेका थिए।

कोरोना संक्रमणबाट स्वास्थ्यलाभ हुनेकाे संख्या ७० पुगेको छ । आज नेपालगञ्ज ८ का ९ महिला र १२ पुरुष सहित २१ जना डिस्चार्ज भएका छन् । हाल संक्रमण ४० जिल्लामा फैलिएको छ । संक्रमितहरु ४३३ पुरुष र ७४ महिला रहेका छन ।