संक्रमितकाे संख्या ४ सय ५७ पुग्याे, नयाँ थप ३० जनामा पुष्टि ।

जेष्ठ ८, नेपालमा झापा, धनकुटा, बाँके र कपिलवस्तु लगाएतक ठाउँमा बिहीबार थप ३० जनामा कोरोना देखिएपछि नेपालमा कोरोना संक्रमितको सख्या ४ सय ५७ पुगेको छ । ४९ जना संक्रमित काेराेनालाई जितेका छन् भने ३ जनाको मृत्यु भएको छ । संक्रमित मध्य पुरुषकै संख्या धरै रहेकाे छ ।

नेपालगञ्जको भेरी अस्पतालमा गरेको परीक्षणमा बाँकेको नरैनापुर गाउँपालिका– ३ का ३२ वर्षका पुरुष, खजुरा– ३ की ४२ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिर कुमार अधिकारीले जानकारी दिए ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तुको शुद्धोधन नगरपालिकाका १९ वर्षका पुरुषमा पनि कोरोना संक्रमण भएको छ ।

बिहीबार नै काठमाडौंको टेकु अस्पतालमा उपचार गराईरहेका ४ जना कोरोना संक्रमित निको भएर घर गएका छन् ।