३ बर्षकाे बालक सहि २५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमिकाे संख्या ४ सय २७ पुग्याे ।

जेष्ठ ७, आज बुधबारको नियमित अपडेटका क्रममा मन्त्रालयका प्रबक्ता डा. बिकास देबकोटाले ३ बर्षकाे बालक सहि २५ जनामा कोरोना संक्रमण पुष्टि गरेका छन ।

संक्रमित हुनेमा नवलपरासी पश्चिम सुस्ता का २६ बर्षका पुरुष सहित २५ जना रहेका छन् ।

जसअनुसार बाँके जिल्लामा नरैनापुरका ५ जना र खजुराका १ जना गरी ६ जना, धनकुटाका स्थानीय ५ जना, कपिलबस्तु बिजयनगर क्वारेन्टाईनका ३ जना र महाराजगञ्जका १० जना गरी १३ जना सहित जम्मा २५ जना नयाँ संक्रमित पुष्टि भएका हुन् ।

आज संक्रमण पुष्टि हुनेमा ३ देखी ४८ बर्षका ब्यक्तिहरु छन् भने महिला ७ जना र १ जना ३ बर्षका बालक सहित १८ पुरुषमा संक्रमण भेटिएको छ ।

अहिलेसम्म थप २५ सहित नेपालमा जम्मा ४ सय २७ जना कोरोना संक्रमित भेटिएका छन्

संक्रमितमध्ये ३ सय ५८ पुरुष र ६९ महिला छन् ।

आजै कोशी अस्पतालबाट उदयपुरका ८ जना स्वास्थ्यलाभ गरी डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या ४५ पुगेको छ ।