नेपालमा संक्रमितकाे संख्या ४ सय २ पुग्याे, नयाँ संक्रमित २७ जना ।

जेष्ठ ६, नेपालका विभिन्न ठाउँमा सोमबार मात्रै थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा थप २७ जनामा काेराेन संक्रमण सँगै संक्रमितकाे संख्या ४ सय २ जनामा कोरोना पुष्टि भएकाे स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

नेपालमा हाल सम्म ३६ जिल्लामा कोरोनाकाे संक्रमण फैलिएको छ । संक्रमितको संख्या ४ सय २ जना पुगेको छ भने ३६ जना काेराेनालाई जितेर घर फर्किएका छन भने २ जनाको निधन भएको छ ।