८० जनामा संक्रमण , सातै प्रदेशम फैलियाे काेराेना ।

जेष्ठ ५, नेपालमा आज मात्रै ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या ३ सय ७५ पुगेको छ ।

अहिले भर्खर राती स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले प्रेस बिज्ञप्ति निकाल्दै थप १८ जनामा संक्रमण भएको पुष्टि गर्नुभयो ।

आजको पछिल्लो अपडेट अनुसार बाँके नरैनापुरका १२ जना, धनुषाका २ जना, सुनसरीका १ जना, झापाका १ जना, खोटाङ जिल्ला हलेसीका १ जना र कर्णाली प्रदेश अन्तर्गत दैलेख जिल्ला आठबीस गाउँपालिकाका १ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

यी संक्रमितहरुको पिसीआर परीक्षण काठमाण्डौ, नेपालगञ्ज, धरान, बिराटनगरका प्रयोगशालामा भएको जनाईएको छ ।