लकडाउन जेष्ठ २० गरेसम्मका लागि सिफारिस ।

जेठ ४, काेराेना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनको समय थप गर्न सरकारलाई सिफारिस गरेको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहनुभएको उक्त समितिले वर्तमान अवस्थामा लकडाउननै काेराेना भाइरसकाे रोकथाम तथा नियन्त्रण प्रभावकारी माध्यम भएकाले बढाउनुपर्ने सरकारलाई सिफारिस गरेको हो ।

समितिको निर्णयबारे जानकारी दिँदै प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले सोमबार देखि सकिने लकडाउनलाई जेठ २० गतेसम्म लम्ब्याउन समितिले सरकारले सिफारिस गरेको हो । काेराेना भाइरस अझै बढ्ने अवस्थामा रहेकाेले लकडाउकै कारण संक्रमण रोक्न सकिने भएकाले थप गर्नुपर्ने बतउनुभयाे ।

यस अधि जेष्ठ ५ गते सम्मका लागि राति १२ लकडाउनकाे घोषणा गरिएको थियो । नेपालमा लकडाउन चैत्र ११ गते देखि लागू गरिएकाे हाे ।