कोरोना संक्रमण, मजदुर वर्गको अवस्था र अबको बाटो के ?

जेष्ठ ५, अप्ठ्यारो परेपछी मात्र मानिस चिनिन्छ भन्ने युक्ति अहिले चरितार्थ भएको छ । विदेशको विभिन्न ठाउँहरुमा नेपाली हामी गएर आफ्ना कामकाज गरेर, त्यस देशलाई सेवा गरेर, त्यस देशका व्यक्तिहरुलाई सजिलो पारिदिएर हामिले हाम्रो घरमा दुईचार पैसा बोकेर आउने गरेको हामी नेपालीहरुले आज एउटा कुरा छर्लङ्ग बुझेका छौ कि जतिखेर अप्ठ्यारो पर्छ त्यतिखेर आफ्नै घर चाहिदो रहेछ । अर्थ आफ्नै वरिपरीका मान्छे मात्रै आफ्ना हुदा रहेछन् ।

कोरोनाको बढ्दो चाप, अप्ठ्यारो पर्दाको स्थितीमा हरेक देशले आफ्ना नागरिकलाई मात्रै च्यापेर हामी विदेश बाट आएकाहरु लाई फेरी आफ्नै स्वदेश जाउ भनेर घोक्रेठ्याक लाईरहेको स्थितीमा हामिलाई मेरो आमाले, मेरो हजुरआमाले भनेका कुराहरु झलझली याद आयो होला । आउनुपर्छ, यहि नै हो बेला हामिले आफूलाई सम्हाल्ने र आफूलाई अग्रगमन तर्फ लाने । अब सबै नेपाली दाजुभाईहरु लाई नेपाल भित्रै बसेर हजार रुपैयाँ को सट्टामा दुई सय रुपैयाँ कमाउँ तर आफ्नै घरको वरिपरि, आफ्नै सागपातको वरिपरि रमाैं चिल्ला बर्गर र पिज्जा खान छोडेर सिस्नो र ढिँडो खाएर पनि आफ्नो जिन्दगिलाई जिवनयापनको रुपमा अगाडी बढाउन मिल्छ भन्ने कुरालाई आज हामिले सबैको अगाडिपट्टि चरितार्थ भएको महशुस गरेका छौ ।

हामीले आज बाट एउटा चिजको प्रण के गर्नुपर्ने भएको छ । हामीसबैले अबको २० वर्षमा विदेशीहरुलाई नेपालमा ल्याएर कामदार बनाउछौँ भनेर आज प्रण गर्यौ भने हामिले अब आउने २० वर्षमा हाम्रो देशको आर्थिक उन्नति यति धेरै गर्न सक्छौ की विदेशी हाम्रो देशमा आएर काम गर्ने गर्छन । उदाहरण म तपाईहरुलाई अहिले नै सजिलै दिन सक्छु – आज भन्दा ७७ वर्ष अगाडीको कुरालाई हेर्ने हो भने दुबई जानु भनेको अहिले एउटा भनिन्छ नि दुःख पाउन पर्यो भने विदेश जानु भन्या जस्तो त्यहाँ जानका लागि कोही मान्दैनथे । तर आज दुबईमा संसारभरिका सबै मानिसहरु काम गर्न र काम पाउनका लागि जाने गर्दछन । यो ७७ वर्षमा दुबईले गरेको प्रयत्नका कारणले दुबई भित्र परिवर्तन आयो । त्यो परिवर्तन हामि भित्र संभव छैन ? यो हामीले आज आफूले आफै भित्र प्रश्न सोधौँ र नेपाल भित्र जति पनि आउनुहुँन्छ आफ्ना घर परिवारका मानिसहरुलाई मृत्युको मुखको छेउछाउ पुर्याउने प्रयत्न नगरौँ । बरु म पाँच दिन घर नगैदिँदा मेरो घरका परिवारहरु त सुख शान्तिले बसे होलान भनेर क्वारेनटाईनमा रहने आफैले व्यवस्था मिलाउँ र परिवार भन्दा पर बसेर म संक्रमितको अवस्था अन्त्य भएपछि मेरो परिवारमा जाँदा मेरो बाबु नानिहरुले चाहिँ दुख पाउदोरहेनछन् भन्ने कुरालाई जानौँ ।

आज गरेको क्षणिक पाँच मिनेटको माया ममताले आफ्ना बालबच्चाहरुलाई मृत्युको मुखमा पठाउने दुश्साहस हामीकसैले पनि नगराैं ।

नेपालमा बल्ल महामारीकाे लक्ष्यण देखापरेकाे छ । त्यसैले राज्यकाे लागि सहयाे गराै र एउटा असल नागरिक बनाै ।

डा. सुशील कँडेल