गण्डकी प्रदेश सरकारले गरेका महत्वपुर्ण ४ निर्णय ।

जेष्ठ ४, गण्डकी प्रदेश सरकारले ११ वटै जिल्लाका अस्पताललाई गाडि अावस्यक परेकाे हुनाले नयाँ गाडी दिने निर्णय गरको छ ।आइतबार बसेको मन्त्रीपरिषद् बैठकले ११ वटै जिल्लाका अस्पताललाई स्कार्रपियाे गाडी खरिद गर्ने निर्णय गरेको गण्डकी प्रदेशका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिएका छन ।

त्यसै गरि बैठकले तनँहुमा विद्युतीय शवदाह गृह निर्माणका लागि भारतबाट ल्याउने मेसिनका लागि केन्द्र सरकारसगँ भन्सार छुट गर्न र ढुवानीका लागि व्यवस्थापन गरिदिनमा लागि माग गरेको छ ।

बजेट अधिबेसन जेठ ११ गते १ बजे पोखराकाे सभागृहमा बोलाउने निर्णय प्रदेश प्रमुखलाई सिफारीस गर्ने निर्णय गरेको बस्नेतले जानकारी दिए ।

त्यसै गरी साना उद्यमीहरुलाई उपकरण हस्तान्तरणका लागि कार्यविधि मन्त्रिपरिषद्वारा पास गरेको छ । गण्डकी प्रदेशका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिएका छन ।