कोरोना भाइरसबाट दोस्रो व्यक्तिको मृत्यु ।

जेष्ठ ४, नेपालमा कोरोना भाइरसबाट दोस्रो व्यक्तिको मृत्यु भएको छ । नरैनापुर ५ बाँकेका २५ का पुरुषको कोरोनाबाट मृत्यु भएको हो । उनी भारतबाट बैशाख ३० गते नेपाल आएर क्वारेन्टिनमा बसेका थिए । गएराती स्वास्थ्यमा समस्यामा आएको थियो ।

उनको आइतबार ६ बजेर ४० मिनेटमा मृत्यु भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।

नेपालमा कोरोनाबाट मृत्यु भएकाको सख्या २ पुगेको छ । २ सय ९१ जनामा संक्रमण भइसकेकाे छ । जसमध्ये ५५ जना महिला र अरु सबै पुरुष रहेका छन । ३६ जना निको भएर घर फर्किएका छन् ।