लायन्स क्लब अफ पाेखरा पुष्पाञ्जलिकाे तेस्राे अधिबेशन सम्पन्न ।

जेष्ठ ४, लायन्स क्लब अफ पोखरा पुस्पान्जलीको बर्ष २०२०/२१ को लागि लायन दुर्गा रन्जित श्रेष्ठ सर्वसम्मत निर्वाचित भएकी छन ।

बिगत तीन बर्ष देखि क्लबले विभिन्न सामाजिक कामहरु गर्दै अाइरहेकाे छ जस्तै स्कुलका बालबालिकालाई कपडा बितरण, खाध्यन्न बितरण, खाना खुवाउने कार्यक्रम , महिला सशक्तीकरण अन्तर्गत विभिन्न कार्यक्रम गरेकाे सस्थापक अध्यक्ष शोभा गौतमले जानकारी दिए ।

अागामि दिनमा पनि क्लबले सामाजिक उत्तरदायित्व बहन गर्दै सामाजिक कार्यमा लागि डिस्टृक कै उत्कृष्ट क्लब बनाउने नवनिर्वाचित अध्यक्ष दुर्गा रन्जितले बताइन ।

क्लबको अधिबेशन बाट बर्ष २०२०/२१ को लागि प्रथम उपाध्यक्ष :- हरि कार्की, दित्तिय उपाध्यक्ष :- कमल बराल, तृतीय उपाध्यक्ष :- लिला पराजुलि, सचिव :- लेखुराम खति, सह-सचिव:- पबित्रा लामिछाने , काेषाध्यक्ष :- निर्मला थापा, सह-काेषाध्यक्ष :- दिलिप पौडेल र सदस्यहरुमा :- नगेन्द्र सुबेदी, यम प्रसाद तिमिल्सिना, दिनेश प्रसाद शर्मा, बामदेब सुवेदी, डोजन गुरुङ, शान्ती न्यौपाने, कोमल नेपाली, बिमला शिह ठकुरी र बिस्नु तामाङ निर्वाचित भएकाे संस्थापक सचिब कमल बरालले जानकारी दिए ।