थप १० जनामा संक्रमण, संख्या २ सय ९१ पुग्याे ।

जेष्ठ ४, आइतबार बिहान थप १० जनामा कोरोना संक्रमण देखी पछि नेपालमा कोरोना संक्रमितको संख्या २ सय ९१ पुगेको छ ।

राष्टिय जनस्वास्थ्य प्रयोगशला काठमाडौमा भएको परीक्षणमा रौतहट राजपुर नगरपालिका फरहदवा ९ निवासी १८, ३२, ३६, ३९, ३९, ४२ र ४८ बर्षिय पुरुष र रौतहट कै इशनाथ नगरपालिका ३ र ५ निवासी २८, ३० र ३३ बर्षिय पुरुषमा कोभिड १९ को पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए ।

नेपालमा अहिले सम्म २ सय ९१ जनालाई संक्रमण देखिएको छ । संक्रमित मध्य धेरै पुरुषहरु नै छन । ३६ जना काेराेनालाई जितेर घर फर्किएका छन भने एक जनाको मृत्यु भएको छ ।