कोरोनको उपचार गरी घर फर्किएका एकजना युवकलाई पुनः स्वास्थ्य समस्या भएपछि अस्पताल भर्ना ।

बैशाख २१, वीरगञ्जको नारायणी अस्पतालको आइसोलेसनमा कोरोनको उपचार गरी घर फर्किएका एकजना युवकलाई पुनः स्वास्थ्य समस्या भएपछि सोही अस्पताल भर्ना गरिएको छ ।

रौतहट ईशनाथ नगरपालिकाका १९ वर्षका बच्चु मिया अन्सारीलाई बैशाख १४ गते उपचारपछि डिस्चार्ज गरिएको थियो ।

तर मियालाई हिजो पुःन पोजिटिभ देखिएपछि फेरी अस्पतालमा ल्याइएको हो । मियाको थप उपचार भई रहेको नारायणीका मेडिकल सुपेरिटेण्डेन्ट मदन उपाध्यायले जानकारी दिनु भएको छ ।

स्राेत – नेपाल टेलिभिजन