नेपालमा थप १० जना संक्रमित, कूल संक्रमित संख्या ६९ पुग्याे ।

बैशाख २१, नेपालमा आज एकैदिनमा १० जना कोभिड-१९ संक्रमित थपिएका छन ।

नेपालगञ्जमा थप ९ जना र पर्सामा १ जना नयाँ संक्रमित थपिएका छन । यो सँगै नेपालमा संक्रमितहरुको संख्या ६९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार नेपालगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये ५ पुरुष र ४ महिला छन् । उनीहरु ७ देखि ५८ वर्ष उमेरका छन् ।

नेपालगञ्जका सबैलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गरिनेछ प्रवक्ता देवकोटाले जानकारी दिनुभएको छ ।