रेडियो सँग सम्बन्धीत एसोसिएसनहरु वान, एकोराव र आरविएफले नविकरण र रोयल्टी लगाएतका शुल्कमा छुट दिनु पर्ने माग सरकारलाई राखेका छन ।

बैशाख१७, कोरोना संक्रमणको बेला अग्रपंतीमा रहेर काम गरिरहेका नेपाल भरिका रेडियोहरु आफै भने धेरै समस्यमा छन । विनासकारी महाभुकम्पको बेला होस या जस्तो सुकै राजनितिक परिर्वतनको बेला होस रेडियोहरुले आफ्नो भुमिकालाई जिम्मेवारी पुर्वक निर्वाह गरेका छन ।

सबैलाई सूचनाको पहुँचबाट नजिक राख्न रेडियोहरुलाई कोरोनाको संक्रमणका कारण भएको लकडाउनले निकै पिरोलीरहेको छ । दैनिक रुपमा हुने खर्च धान्न तथा घर भाडा,कर्मचारी तलव लगाएतका मासिक खर्च धान्न समेत रेडियोहरुलाई धौधौ भइरहेको छ । बहुँराष्ट्रिय र स्थानिय विज्ञापन प्राय शुन्य रहेको यो अबस्थामा र उच्च जोखिमा पनि आफ्नो प्रशारणलाई निरन्तरता दिनु पर्ने बाध्यताले गर्दा रेडियोका संघ संस्थाहरुले मिडियालाई राहत दिनु पर्ने माग सञ्चार मन्त्रालय समक्ष गरेका छन ।

रेडियो सँग सम्बन्धीत एसोसिएसनहरु वान,एकोराव र आरविएफले नविकरण र रोयल्टी लगाएतका शुल्कमा छुट दिनु पर्ने माग सरकारलाई राखेका छन ।

ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपालका (वान) अध्यक्ष चन्द्र न्यौपानेले भन्नु भयो “हामीले सरकारलाई
नविकरण, रोयल्टी, विद्युत, टेलिफोन र इन्टरनेट लगाएतका शुल्कमा छुटको माग गरेका छौं । सञ्चारमन्त्री हाम्रो माग प्रति अत्यन्तै सकारात्मक हुनुहुन्छ ।” उहाँले थप्नु भयो विनासकारी महाभुकम्पको बेला पनि रेडियोको कामलाई मध्यनजर गर्दै सरकारले छुट दिएको स्मरण गर्दै न्यौपानेले यो लगाएत लोककल्याकारी विज्ञापनमा समेत बृद्धिको माग आफुहरुले राखेको बताउनु भयो ।

केहि समयमा नयाँ बजेट भाषण प्रस्तुत हुँदै छ । यो पटक पनि सरकारलाई छुट तथा राहातका कार्यक्रमे ल्याउनेमा आफुहरुले ढुक्क रहेको न्यौपानेको भनाइ छ ।

अहिले नेपाल भरि करिव ५ सयको हाराहारीमा रेडियोहरु सञ्चालनमा रहेका छन भने प्राय सबै रेडियोहरुले यो महामारीको बेला पनि आफ्नो प्रशारणलाई निरन्तरता दिइरहेका छन । रेडियोलाई आर्थिक क्षति लगाएत संक्रमणको जोखिम समेत उच्च रहेको सरोकारवालाहरुको बुझाइ छ ।