थप ३ जनामा सङ्क्रमण, ५७ पुगे नेपालमा काेराेना सङ्क्रमित ।

बैशाख १७, टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा ३ पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिनुभयो ।

ती ३ जना भारतबाट नेपाल आएर क्वारेन्टाइनमा रहेका व्यक्तिहरु हुन् ।

थप ३ जनामा सङ्क्रमण देखिएपछि सङ्क्रमितको सङ्ख्या ५७ पुगेको छ भने पूर्णरुपमा स्वस्थ भएर १६ जना घर फकिएका छन् ।