संक्रमणको हिसाबले बिश्वकाे १५ नम्बरमा रहेकाे भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार नाघ्याे ।

वैशाख १७, भारतमा कोरोना भाइरस बाट मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या १ हजार ८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ७० भन्दा धेरै मानिसको मृत्यु भएको छ। भारतमा एकैदिनमा मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै बढी हो । भारतमा समग्र संक्रमितको संख्या पनि ३२ हजार २ सय ५० पुगेको छ ।

संक्रमित हिसाबले बिश्वकाे १५ अाैं नम्बरमा रहेकाे भारतमा अहिलेसम्म सात हजार ६ सय ९६ जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म नौ हजार ३ सय १८ जना मानिसमा कोरोना भाइरसको संक्रमण पाइएको छ र चार सय जनाको मृत्यु भइसकेको छ । त्यस्तै गुजरातमा पनि १८१ जना मानिसको मृत्यु भइसकेको छ ।

मध्य प्रदेशमा मृत्यु हुनेको संख्या एक सय २० पुगेको छ । भारतको उत्तर प्रदेशमा अहिलेसम्म दुई हजार ५३ जना मानिसमा यो भाइरसको संक्रमण देखिएको छ भने ३४ जनाको मृत्यु भइसको ।