नेपालमा थप दुई जनामा काराेना संक्रमण, संक्रमितको संख्या ५४ पुग्यो।

बैशाख १६, रौतहटमा थप दुई जनामा कोभिड-१९ पोजेटिभ पुष्टि भएकाे छ । वृन्दावन नगरपालिकाका ९ का २४ वर्षीय र देवाही गोनाही नगरपालिकाका १ का ३५ वर्षीय युवकमा कोरोना भाइरस पोजेटिभ दखिएकाे रौतहट स्वास्थ्य कार्यालयका स्वास्थ्य प्रमुख महेश शाहले जानकारी दिए ।

टेकुस्थित राष्ट्रिय स्वास्थ्य प्रयोगशालामा पठाईएको स्वाव परिक्षणबाट दुवै जनामा पोजेटिभ देखिएको हो । हाल उनीहरुलाई कवारेनटाईनमा राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।

हाल संक्रमितको संख्या ५४ पुगेको छ। १६ जना भने काेराेनालाई जितेर घर फर्किएका छन भने ३८ जना संक्रमितहरुकाे विभिन्न अस्पतालमा उपचार भइरहेकाे छ ।