कोरोना संक्रमितको संख्या ५२ पुग्यो।

बैशाख १४, झापाका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समीर कुमार अधिकारीका अनुसार कोशी अस्पताल, विराटनगरमा गरिएको काेराेना संक्रमण परिक्षणको नतिजा अनुसार झापाका उक्त पुरुषमा कोरोना पुष्टि भएकाे हो।

झापामा एक जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ५२ पुगेको छ। हाल सम्म १६ जना भने काेराेनालाई जितेर घर फर्किएका छन भने ३५ जना संक्रमितहरुकाे विभिन्न अस्पतालमा उपचार भइरहेकाे छ ।