महानगरको राहत कोषमा ४ करोड १० लाख, पोखरा टानद्वारा ५० हजार सहयोग ।

वैशाख १६, टानका अध्यक्ष हरि भुजेलको नेतृत्वमा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङलाई ५० हजार रकमको चेक हस्तान्तरण गरेको हो । त्यसैरी संघीय संसदका सांसद तथा पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले पनि ५० हजार सहयोग गरेका छन् ।

यसैगरी गण्डकी निर्माण समन्वय प्रा. लि ले पनि ७५ हजार सहयोग गरेको छ । प्रा. लि का प्रबन्ध निर्देशक रमेश सिकेले उक्त रकमको चेक महानगर प्रमुख मानबहादुर जिसीलाई हस्तान्तरण गरेका हुन् । पतञ्जली योग पिठ नेपालले पोखरा महानगरपालिकालाई २० कार्टुन साबुन हस्तान्तरण गरेको छ ।

शुक्रबारसम्म महानगरको कोषमा मंगलबार ४ करोड १० लाख १९ हजार ७ सय ५९ रुपैयाँ जम्मा भएको छ । पोखरा महानगरपालिकाको विपद् व्यवस्थापन कोष राष्ट्रिय वाणिज्य बैंक पृथ्वीचोकस्थित खाता नम्बर ३०२०३०५०४९४०६ मा रकम जम्मा गर्न सकिने छ ।