सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमाण रोकथाम , नियन्त्रण तथा उपचार कोषमा नेपाल पर्वतारोहण संघले पाँच लाख रुपैयाँ सहयोग गर्ने।

चैत्र ३०, काठमाण्डौ र कोरोना भाइरसको माहामारीको रोकथाम तथा नियन्त्रणमा निम्ति नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमाण रोकथाम , नियन्त्रण तथा उपचार कोषमा नेपाल पर्वतारोहण संघले पाँच लाख रुपैयाँ सहयोग गर्ने जनाएको छ।

संघले आज जारी गरेको प्रेस विज्ञप्तिमा सहयोग रकमले कोरोना भाइरसको रोकथाम , नियनत्रण तथा उपचारका साथै पर्यटन क्षेत्रमा रहेका विपन्न र न्यून आय भएका प्रभावित परिवारहरुको दैनिक आवश्यक एवं उपभोग्य सामग्रीहरूका निम्ति सहयोग पुग्ने विश्वास लिइएको जनाएको छ । कोषबाट कोरोना भाइरसको माहामारीबाट रोकथाम , नियत्रण र उपचारमा सकरात्मक सहयोग पुग्ने उल्लेख गर्दै संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ( ूसरकारले अघि बढाएको अभियानमा संघको तर्फबाट ऐक्यपद्धतास्वरुप आर्थिक सहयोग गरिएको हो ।ू

संघका अध्यक्ष सन्तबीर लामाद्रारा जारी विज्ञप्तिमा संघले विगतमा पनि यस प्रकारका विपदको समयमा सामाजिक उत्तरदायित्व सम्झी महयोग गर्दै आइरहेको जनाइएको छ । विज्ञप्तिमा यस कोरोना भाइरसको माहामारीबाट नेपालको पर्वतीय पर्यटन क्षेत्रमा प्रत्यक्ष असर परेको छ ।