सरकारले स्थापना गरेको कोरोनाभाइरस संक्रमाण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपालपर्वतारोहण संघले पाँचलाख रुपैयाँ सहयोग गरेको छ ।

चैत्र ३०, काठमाण्डौ÷कोरोनाभाइरस (कोभिड–१९) माहामारीको रोकथामतथा नियन्त्रणका निम्ति नेपाल सरकारले स्थापना गरेको कोरोनाभाइरस संक्रमाण रोकथाम, नियन्त्रण तथाउपचार कोषमानेपालपर्वतारोहण संघले पाँचलाख रुपैयाँसहयोग रकमको चेक आज हस्तान्तरण गरेको छ ।

उक्त सहयोग रकमको चेक एक समारोहकाबीचआज संघका अध्यक्ष सन्तबीर लामाले प्रधानमन्त्रीतथामन्त्रीपरिषदको कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईलाई हस्तान्तरण गर्नुभयो । संघले प्रदान गरेको सहयोगप्रतिधन्यवाददिनुहुँदै सचिव गुरागाईले कोरोनाभाइरसको माहामारीको रोकथाम, नियत्रण र उपचारमा संघबाट प्राप्त रकमबाट सकरात्मक सहयोग पुग्ने बताउँनुभयो ।
सो अवसरमा संघका अध्यक्ष सन्तबीर लामाले संघबाट प्रदानगरिएको सहयोगबाट कोरोनाभाइरसको रोकथाम, नियन्त्रण तथाउपचारका साथै पर्यटनको क्षेत्रमा रहेकाबिपन्न र न्यूनआयभएकाप्रभावित परिवारहरुको दैनिकआवश्यकएवं उपभोग्य सामगीहरुकानिम्ति सहयोग पुग्ने बिश्वासब्यक्तगर्नुभयो । संघले बिगतमापनि यस प्रकारकाबिपद्को समयमा सामाजिकउत्तरदायित्व सम्झी सहयोग गर्दै आइरहेको जानकारी दिनुहुँदै अध्यक्षलामाले कोरोनाभाइरसको माहाबारीबाट नेपालको पर्वतीयपर्यटन क्षेत्रमाप्रत्यक्ष असर परिरहेको बताउँनुभयो ।
त्यसअवसरमा संघका महासचिवकुलबहादुर गुरुङ, सचिव टीकाराम गुरुङ, कोषाध्यक्ष सुदर्शन न्यौपाने र सचिवालय सदस्यशिवबहादुर सापकोटाको सहभागिता रहेको थियो ।