लकडाउको समयमा वन क्षेत्रमा प्रवेश गरेमा १ महिना देखि ३ बर्ष कैद र ६० हजार जरिवाना हुने ।

चैत्र ३०, वन क्षेत्र प्रवेश गर्न वन्देज गरिएको बारे डिभिजन वन कार्यालय कास्कीको सूचना ।

विश्व व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको अति संवेदनशिल समयको मौका छोपी विभिन्न वन क्षेत्र भित्र प्रवेश गरी बनमा आगो लगाउने , चोरी शिकार तथा अवैध रुपमा काठ दाउरा ओसारपसार गरिएको भन्ने विभिन्न माध्यमबाट सूचना प्राप्त हुन आएकोले नेपाल सरकारको निर्णय अनुसार तोकिएको लकडाउन अवधिभर जिल्लामा राष्ट्रिय वन क्षेत्रहरू ९ सामुदायिक बन, संरक्षित वन० मा अत्यावश्यक वन संरक्षण बाहेकका अन्य सबै कार्यहरूको लागि वन प्रवेश गर्न बन ऐन २०७६ को दफा ९ बमोजिम २०७६ /१२ /३० देखि लागु हुने गरी बन्देज लगाइएको छ । अत्यावश्यक वन संरक्षण कार्यका लागि सम्बन्धित सामुदायिक वन उपभोक्ता समूहले आ ( आफनो वन क्षेत्रको विशेष सुरक्षा योजना बनाई तत्कालै लागु गर्न गराउन हुनका साथै अनुमती बेगर जो कोही वन क्षेत्रमा प्रवेश गरेमा वन ऐन २०७६ अनुसार १ मीना कैद सजाय हुने व्यहोरा यसै सूचनाबाट जानकारी गराइन्छ ।

यो लकडाउनको समयमा वन जगल भित्र कुनै पनि बहानामा प्रवेश गर्न बन ऐन २०७६ को दफा ९ को विशेष अधिकार प्रयोग गरी वन प्रवेश निषेध गरिएको छ । काठ दाउरा काट्ने , जम्मा गर्ने , पात पतिङ्गर टिप्ने , जम्मा गर्ने लगायतको कुनै पनि कार्य गर्न पूर्ण निषेध गरिएकाले यो समयमा वन प्रवेश गर्ने अधिकार प्राप्त व्यक्ति बाहेक जो कसैलाई पनि दोहोरो अपराध स वन अपराध र लकडाउन उल्लग्न गरेको दुबै अभियोगमा पकाउ गरी १४ दिन क्वारेन्टाइनमा राखी त्यसपछि वन ऐन २०७६ बमोजिम पनि कडा कारबाही हुनेछ ।

त्यसैगरी वन डढेलो लगाउने कार्यको पनि सक्ष्म निगरानी बढाइएको र वन डढेलो लगाउने जो कोही लाई बन ऐन २०७६ बमोजिम विगो असुल गरी ३ वर्ष कैद र ६० हजार जरिवाना हुने व्यहोरा जानकारीका लागि अनुरोध छ ।

साथै , वन , वन्यजन्तुको हानी नोक्सानी सम्बन्धी कुनै सूचना दिनुपरेमा वन कार्यालयको मोबाईल नंः ९८५६०३७५०७ , प्रहरीको फोन १०० र दमकलको फोन १०३ मा सबर गर्नुहुन अनुरोध छ ।