मोटरसाइकल कुलोमा खस्दा एक ब्यक्तिको मृत्यु

चैत्र २० पाेखरा समाचार, बुधबार राति मोटरसाइकल कुलोमा खस्दा पुनकाे मृत्यु भएको छ ।

पोखराको चाउथे खसीबजार चोक सडक छेउको कुलोमा ग ११ प ८२८१ नम्बरको बुलेट बाइक सडकछेउ कुलोमा खस्दा चालककाे मृत्युु भएको हाे। चालक लेखनाथ- ३ घर भइ हाल सुन्दरीबजार बस्दै अाएका ३८ बर्षीय निम राज पुनको रहेकाे खुलेकाे छ । प्रहरीले घटनास्थलबाट शव र मोटरसाइकल निकालिसकेको छ ।
घटनास्थलमा स्थानीयले अर्को एक महिलाको चप्पल समेत देखिएको बताएका छन् ।
घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेकाे छ ।