काेराेनाका कारण प्रतिलिटर १० रुपैयाँले घट्यो पेट्रोलियम पदार्थको मूल्य

१९ चैत । नेपाल आयल निगम लिमिटेडले तेलको मूल्य घटाएको छ । कोरोनाबाट अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटका कारण पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

१ अप्रिल २०२० मा ईन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार निगम संचालक समितिको बुधबार बसेको बैठकले राती १२ बजेबाट लागू हुने गरी पेट्रोल /डिजल र मट्टितेलको साविकको खुद्रा विक्री मूल्यमा प्रतिलिटर १० रुपैयाँले घटाएको छ ।