माहिन्द्री गुठीको १८ औं साधारण सभा

पोखरा ।

माहिन्द्री गुठी परिवारको १८ औं गुठी पूजा तथा साधारण सभा शनिवार सम्पन्न भएको छ । गुठीका अध्यक्ष सुरेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमका म्यूजिकल चियर, घैंटो फुटाउनेलगायतका विभिन्न प्रतियोगिता सम्पन्न भएका थिए ।

जसअन्तर्गत घैँटो फुटाउने प्रतियोगितामा संगीता श्रेष्ठ विजयी भएकी थिइन् । यस्तै, म्यूजिकल चियरमा किस्मत कुमार श्रेष्ठ र विवेक जोशी विजयी भएका छन् । सोही समारोहबीच गुठीकी ज्येष्ठ महिला डल्ली माया श्रेष्ठलाई सम्मान गरिएको थियो ।

सभामा संस्थाका सल्लाहकार राजकृष्ण श्रेष्ठ, तीर्थमान श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए । सभाका वक्ताले गुठीले ज्येष्ठ नागरिक र स–साना भाइबहिनीलाई एकै साथ मेल गराएर पुराना संस्कार संस्कृतिको संरक्षण र अनुभव साटासाटमा उल्लेख्य योगदान दिएको धारणा राखे ।

सभामा संस्थाका उपाध्यक्षमा चिजकुमार जोशीले स्वागत मन्तव्य रहेको थियो भने सचिव दिलीप श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।