राईनास २मा खुल्यो आधुनिक बाख्रा फर्म, बाझो जमिनमा घाँस रोपौः सासंद दवाडी

पोखरा ।

लमजुङ्गको राईनास नगरपालिका २ मजुवामा आधुनिक बाख्रा फर्म सुरु भएको छ । कृषिमा आत्मर्निभर बनाउने सरकारले घोषणा गरिरहेको अबस्थामा युवाहरु ब्यबशायिक कृषिमा प्रबेश गर्न थालेका छन । बिदेशमा लामो समय बिताएका प्रेम अंगाईले १ सय वटा बाख्रा अट्ने आधुनिक खोर र्निमाण गरि ब्यबसाय सुरु गरेका हुन । उन्नत बाखा्र पालन अंगाई फर्म दर्ता गरि बोयर लगायतका उन्नत बाख्रा पालन सुरु गरेका हुन ।

फर्मको उदघाटन तथा निरिक्षण गर्दे गण्डकी प्रदेशका सासंद धनन्जय दवाडीले टारमा रहेका ठुला तथा फराकिलो जमिन बाँझो रहेकोले अब पोषीलो घाँस रोपेर ब्यबशायमा लाग्न अनुरोध गरे । गाऊमा युवाहरुले संभावना नदेखेर बिदेशिने अबस्था अब नरहेकोले ब्यबसायीक कृषि गर्न सबैले उत्प्रेरित गर्न आबस्यक रहेको उनको भनाई थियो । बिकासका लागि आबस्यक न्युनतम संरचना र्निमाणका कार्य धमाधम भैरहेकोले अब त्यसलाई आर्थिक उपार्जनमा प्रयोग गर्न उनले सबैलाई आग्रह गरे ।

कार्यक्रममा बरिष्ट पशु चिकित्सक डा. लक्ष्मण ढकालले पशुलाई अन्न भन्दा पोषिलो घाँस खुवाउन अनुरोध गरे । अहिले घाँस भन्दा पनि झार खुवाएर पुशपालन भैरहेको भन्दै उनले अब उन्नत घाँस रोप्न पनि सबैलाई आग्रह गरे । घाँस पोषीलो भएन भने पशुले आबस्यक फाईदा नदिने भएकाले यो पेशामा आउन भन्दा पहिला प्रसस्त घाँसको ब्यबस्था मिलाउन उनले जोड दिए । राईनास नगरपालिकाका प्रमुख सिंह बहादुर थापाले नगरपालिकाले यो बर्ष टनेल खेतिका लागि किसानहरुलाई अनुदान दिईरहेको बताउदै एक घर एक टनेल र्निमाण गर्ने योजनामा आफु रहेको बताए ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत रामचन्द्र अधिकारी, वडा नं २ का अध्यक्ष रामचन्द्र अधिकारी र वडा नं ३ का अध्यक्ष स्वतन्त्र हमालले बोलेका थिए । ब्यबशायि प्रेम अंगाईले बर्षमा कम्तीमा एक सय वटा खसिबोका उत्पादन गर्ने लक्ष रहेको बताए ।