बाल सुधारगृहको समस्याको सहज रुपमा समाधान गर्ने

पोखरा ।

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले बाल सुधारको सवै समस्या गण्डकी प्रदेश सरकारले हल गर्ने बताएका छन । उनले बाल सुधारगृहको विद्यालयको कक्षा कोठा निर्माण , खानेपानी समस्याको समामधान गर्ने धारणा राखे । उनले बाल सुधारगृहको लागि १० लाखको बजेट विनियोजन गरेको बताए ।

पोखरा चेम्बर अफ कमर्स कास्कीको प्रथम वार्षिकोत्सव तथा नेपाल चेम्बर अफ कमर्सको ७० औ वर्ष प्रवेशको अवसरमा बाल सुधारगृहको किचन मर्मत तथा किचन सामाग्री हस्तान्तरण कार्यक्रममा मन्त्री चुमानले पैरोको असरलाई कम गर्न संरक्षणको काम गर्ने बताए । खानेपानी योजना भौतिक पूर्वाधार विकास मन्त्रालयको प्राथमिकतामा परेको जानकारी दिदै उनले सामाजिक विकास मन्त्रालयको समन्वयमा सीपमुलक तालिम लगायतका कार्यक्रम चलाउने धारणा राखे । मन्त्री चुमानले तनहँुको आवुखैरेनी नजिकैको ढकालटारमा केन्द्रीय स्तरको वृहत्तर र व्यवस्थित बाल सुधारगृह बन्न लागेको जानकारी दिए ।

कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य मिना गुरुङले बाल सुधारगृहका बालकहरुके संरक्षण तथा व्यवस्थापनको पहिलोका राज्यको भएको बताइन् । उनले सुधारगृहका बालकहरुलाई शैलुन, प्लम्बर र इलेक्ट्रिसियन लगायतका सीपमुलक तालिम दिनु पर्ने धारणा राखिन् । पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनारलेगण्डकी प्रदेश सरकारले गणतन्त्र दिवस मनाउने क्रममा किचनको भाग हेर्न अनरोध गरेको जनाए । पहिलो चरणमा किचन मर्मत गरेको जानकारी दिदै उनले दोश्रो चरणमा विद्यालय मर्मत सम्हरमा ध्यान दिने बताए ।

समारोहमा पोखरा महानगरपालिका वडा नम्बर १८का अध्यक्ष रणबहादुर थापा, युसेफ नेपालका महासचिव अजयसिंह कार्की, चेम्बर अफ कमर्स गण्डकी प्रदेशका अध्यक्ष यदुनाथ अधिकारी, पोखरा चेम्बर अफ कमर्स कास्कीका उद्योग तर्फका उपाध्यक्ष गिता तिवारी, वस्तुगत तर्फका उपाध्यक्ष यमनाथ पौडल, वाणिज्यतर्फका उपाध्यक्ष प्रेमबहादुर भुजेल,महासचिव उमराज बास्तोला, चेम्बरका यातायात विभागका प्रमुख तथा निर्माण समितिका संयोजक मनोज रसाइली लगायतले वोलेका थिए । चेम्बरका पदाधिकारी, सदस्य तथा जनप्रतिनिधिहरुबाट संकलित २लाख ५० हजारको लागतमा बालसुधारगृहको किचन मर्मत गरिएको हो ।