घरभाडा सरोकार समितिको अधिवेशन

पोखरा, १८ पुस ।

घर धनी तथा व्यवसायीहरुको एकमात्र साझा संस्था नेपाल राष्ट्रिय घरभाडा सरोकार समितिको छैटौं साधारण सभा तथा चौथो अधिवेशन पुस १८ गते शनिबार पोखरामा हुने भएको छ ।

‘स्वतन्त्र रुपमा घरभाडा दिने र लिनेको सरोकार सुरक्षित अधिकार’ भन्ने नाराका साथ हुने अविेशनले नयाँ कार्यसमिति चयन गर्नुका साथै भावी कार्यक्रम समेत तय गर्ने समितिका अध्यक्ष यामनाथ पौडेलले जानकारी दिए ।

घर वहाल सरोकार महासंघका अध्यक्ष शंकर कोइरालाले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ । समितिले घर वहाल कर तिर्ने कार्यलाई कडाइका साथ लागु गर्ने, कम्तिमा १० वर्षको लागि लिखित गरी घर भाडा लिने र दिने व्यवस्था गर्ने, घर निर्माण गर्दा निजी, आवासीय र व्यापारिक घरको वर्गिकरणको लागि प्रयत्न गर्ने लगायतका भावी कार्यक्रम पारित गर्ने महासचिव कमलप्रसाद न्यौपानेले बताए । समितिमा ४सय सदस्य रहेका छन ।