वडा प्रहरी कार्यालय वगरको अन्र्तक्रिया

पोखरा ।

वडा प्रहरी कार्यालय वगरका प्रमुख मुक्ति सापकोटाले समुदायसँगको सहकार्यवाट मात्रै विकृती विसंगती अन्त्य गर्न सकिने वताउनुभएको छ ।

वडा प्रहरी कार्यालयमा आज आयोजित परिचयात्मक छलफल कार्यक्रममा प्रमुख सापकोटाले प्रहरीले चालेका कदमलाई सहयोग गरेर, शान्ति सुरक्षालाई सुव्यवस्थित वनाउने अभियानमा सघाउन आग्रह गर्नुभयो । उहाँले आफ्नो कार्यकाललाई यहाँका जनताले सम्झिने खालको वनाउन कुनै कसर वाकी नराख्ने प्रतिवद्घता समेत जनाउनु भएको छ । कार्यक्रममा सहभागीहरुले विभिन्न वडामा देखिएका सुरक्षा चुर्नाैती, लागु औषधको डरलाग्दो अवस्था, वसपार्क क्षेत्रमा वढ्दै गएको अश्लील क्रियाकलाप, जुवा तास नियन्त्रण,पर्यटकीय क्षेत्रमा पर्यटनमैत्री वातावरणमा प्रहरीको भुमिका लगायतका विषयमा प्रहरी प्रमुखको ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा सामुदायिक सेवा केन्द्रका निवर्तमान अध्यक्ष जीवन अधिकारी, प्राध्यापक मीना गुरुङ, महेन्द्र गुफा चमेरे गुफा पर्यटन विकास समितिका संयोजक गुरुदत्त भट्राई, पत्रकार शिशिर पौडेल, लागु औषध नियन्त्रण तथा समाज सुधार आमा समुहका उपाध्यक्ष कमला वास्तोला लगायत विभिन्न टोल विकास संस्थाका प्रतिनिधीले प्रहरीले पनि आफ्नो वर्दीको सम्मान गर्दै गलत आचरणमा सुधार गर्नुपर्नेमा जोड दिएका थिए ।

सहभागीले पछिल्लो समयमा देखिएको टाफिक समस्याका विषयमा वडाका टाफिक प्रमुख वद्रीनाथ शर्मासँग पनि छलफल गरेका थिए ।