प्रारम्भिक कक्षा पढाइको मध्यावधि मुल्याङकन शुद्धसंग लेख्ने सगै अर्थबोध गर्ने विद्यार्थीको संख्यामा बृद्धी

पोखरा ।

सन् २०१४ देखि सुरु भएकोे राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको मध्यावधि मुल्याङकन २०१८ को नतिजा सार्वजनिक गरिएको छ । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले युएसएडको सहयोगमा सो कार्यक्रम देशका १६ जिल्लामा लागु गरेको थियो ।

कक्षा १ देखी ३ सम्म अध्ययन गर्ने बालबालिकाहरुको पठनशिप अभिबृद्धि गर्ने उदेश्य सहित सुरु भएको कार्यक्रमको मध्यावधि मुल्याङकन प्रतिवेदन अनुसार शुद्धसंग लेख्ने सगै अर्थबोध गर्ने विद्यार्थीको संख्यामा बृद्धी भएको नतिजा सार्वजनिक गरीएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले बुधवार पोखरामा एक कार्यक्रम आयोजना गरी प्रतिवेदन सार्वजनिक गरेको हो ।

सन २०१४ वाट कार्यक्रम सुरु भएकोमा सन २०१६ लाई आधार अध्ययन बर्ष र सन २०१८ मा मध्यावधि मुल्याङकन गरिएको कार्यक्रममा जानकारी दिईयो । प्रतिवेदन अनुसार आधार रेखा अनुसार एक विद्यार्थीले एक मिनेटमा ४५ शब्द पढ्न सगै पढेको शब्दको ८० प्रतिशत अर्थबोध गर्न सक्नु पर्नेमा कार्यक्रम सुरु गर्नु अघि सो संख्या ०.९ प्रतिशत रहेकोमा हाल ३.१४ प्रतिशत पुगेको कार्यक्रममा जानकारी दिईयो । यसै गरि शुद्ध संग पढ्न सक्ने संख्या आधार वर्षमा ५२ प्रतिशत रहेकोमा मध्यावधिमा ६६ प्रतिशत पुगेको, कम्तिमा एक शव्द शुद्धसंग पढ्न सक्ने बिद्यार्थीको संख्या ३० बाट बढेर ४३ प्रतिशत पुगेको कार्यक्रममा जानकारी दिईयो ।

यसै गरि तोकिएको शब्द शुद्धसंग पढी अर्थ बोध गर्न सक्नेको संख्या ११ बाट २६ प्रतिशत पुगेको, कार्यक्रम संचालन भएका जिल्लामा कार्यक्रम मार्फत ९१ प्रतिशत विधार्थीको हातमा अभ्यास पुस्तिका पुगेको, ९६ प्रतिशत विद्यालयमा विद्यार्थी अभ्यास पुस्तिकाको प्रयोग ९६ प्रतिशत, विद्यालयमा शिक्षक निर्देशिकाको प्रयोग ९६ प्रतिशतमा र अनय शैक्षिक सामग्री जस्तै पिन, चार्ट, विसङ्केत किताबको प्रयोग ८४ प्रतिशतले प्योग गरेका कार्यक्रममा जानकारी दिईयो ।

कार्यक्रममा प्रारम्भिक कक्षा पढाइ कार्यक्रमका निर्देशक नारायणकृष्ण श्रेष्ठले मध्यावधि मुल्याङकन प्रतिवेदनको कार्यपत्र प्रस्तुत गरेका थिए भने कार्यक्रमको परिचय र उपलव्धीका वारेका कास्की जिल्ला संयोजक कुष्ण खतिवडाले कार्यपत्र पेश गरेका थिए । कार्यक्रमका कास्की संयोजक खतिवडाका अनुसार गण्डकी प्रदेशका ११ मध्ये तिन जिल्ला कास्कीमा ३७२, मनाङमा २७ र मुस्ताङम ५५ गरि ४५४ बटा विदालयमा कार्यक्रम संचालनमा रहेका छन् । ५ बर्षका लागि सुरु कार्यक्रम आउदो बैशाख महिनासम्म संचालन हुने समेत खतिवडाले जानकारी दिए ।
शिक्षाको गुणस्तर बृद्धीका लागि कक्षको सुधार आवश्यक छ ः मन्त्री पुन कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले शिक्षाको गुणस्तर बृद्धीका लागि कक्षा कोठाको सुधार आवश्यक रहेकोमा जोड दिएकी थिईन । कक्षा कोठाको अवस्था सुधार गर्न नसके शिक्षाको गुणस्तर सुधार्न नसकिने भन्दै उनले सवैभन्दा पहिला सवैको ध्यान यस्मा जानु पर्ने बताईन । कक्षा कोठालाई सुधार गरि विद्याथीको लागि सहजता पुर्वक पढ्न सक्ने वातावरण सुजना गरे मात्र गुणस्तर सुधार गर्न सकिने उनको भनाई थियो ।

शिक्षा क्षेत्रको विकासका लागि तिन तहका सरकारको आ आफनै भुमीका र दायित्व रहेकाले सवैले आ आफनो जिम्मेवारी कुशलता पुर्वक पुरा गर्न सक्नु पर्नेमा समेत उनको जोड थियो । गैहसरकारी संस्थाहरुले शिक्षा क्षेत्रको सुधारका लागि धेरै राम्रो काम गरेको र नतिजा समेत राम्रो आएको र त्यसलाई टिकाउन केही समस्या भएको भनाई समेत उनको थियो ।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख वैन वहादुर क्षेत्रीले प्रारम्भिक कक्षा पढाइ कार्यक्रमले अभिभावक, विद्यार्थी र शिक्षाको सम्वन्ध सुधार्ने काम गरेको बताए । कार्यक्रमले भर्ना अभियान, शिक्षण पद्धती, सिकाउने कला, विद्यार्थीलाई विद्यालय जानुपर्छ भन्ने भावनाको विकास सगै अन्य धेरै काममा सहयोग गरेको उनको भनाई थियो । शिक्षा क्षेत्रको विकासका लागि तिन तहका सरकार हातेमालो गदै अघी बढ्नुपर्नेमा उनको जोड थियो ।
सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशका उपसचिव दामोदर सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाई कास्कीका प्रमुख नारायण प्रसाद सुवेदीले कार्यक्रमको उदेश्यमाथी प्रकास पारेका थिए ।