संस्थापक नेता भट्टराईको जन्म जयन्तीमा मैनवत्ती प्रज्ज्वलन

पोखरा ।

नेपाली काँग्रेसका संस्थापक नेता एवं पूर्व प्रधानमन्त्री कृण्णप्रसाद भट्टराईको ९६ औं जन्म जयन्ती पोखरामा पनि मनाइएको छ ।

जन्म जयन्तीको अवसरमा कास्की काँग्रेसले मङ्गलबार साँझ पोखराको वीपी चोकमा मैनवत्ती प्रज्ज्वलन गरेको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।

उनको जन्म जयन्तीमा ९६ वटै मैनवत्ती प्रज्ज्वलन गरिएको थियो । कार्यक्रममा काँग्रेस नेता, कार्यकर्ता र शुभेच्छुकको सहभागिता रहेको थियो ।

काँग्रेस नेता एवं पूर्व मन्त्री यज्ञबहादुर थापाले मैनवत्ती प्रज्ज्वलन गरी कार्यक्रम शुभारम्भ गरेका थिए । कार्यक्रम कास्की काँग्रेसका कार्यवाहक सभापति आइबहादुर गुरुङको अध्यक्षतामा भएको थियो ।