महेन्द्रपुलमा खुल्यो अत्याधुनिक ल्याब

पोखरा ।

पोखराको महेन्द्रपुलमा बुधबारबाट अन्नपूर्ण प्याथ ल्याब (एपिएल) सञ्चालनमा आएको छ । करिब १ करोड लागतमा खुलेको ल्याबले सेवा सुरुआतको अवसरमा पुस महिनाभर सित्तैमा मधुमेह जाँच गर्ने सञ्चालक गीता कार्की पन्तले जानकारी दिइन् ।

दक्ष र अनुभवी जनशक्ति र पूर्ण स्वचालित मेसिनबाट जाँच गरिने उनले बताइन् । कार्कीले भनिन्, ‘महेन्द्रपुलको मेडिकल एरियामा धेरै क्लिनिक थिए तर आधुनिक प्रयोगशाला थिएनन्, पूर्ण स्वचालित मेसिन र दक्ष जनशक्तिबाट गुणस्तरीय रिपोर्ट दिने हाम्रो प्रतिवद्धता हो ।’ सेवा सुरुआतको अवसरमा ल्याबमा पुस महिनाभर अन्य सबै प्रकारका जाँचमा पनि ३० प्रतिशत छुट रहेको उनले बताइन् ।