द्वन्द्व पीडितलाई न्याय दिन सरकार गम्भीर भएन–अध्यक्ष शर्मा

पोखरा ।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुप शर्माले द्वन्द्व पीडितलाई न्याय दिनको लागि सरकार गम्भीर नभएको बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगले पोखरामा आयोजना गरेको मानव अधिकार र पत्रकारिता तालिममा बोल्दै उनले सरकार पीडित न्यायको पक्षमा लागे उनीहरुले न्याय पाउने बताए ।

अध्यक्ष शर्माले कुनै पनि राजनीतिक शक्तिसँग नजोडि पीडितलाई न्याय दिनु पर्नेमा जोड दिए । उनले सरकार लोकतन्त्रभन्दा बाहिर रहेको विभिन्न क्रियाकलाप गरेको समेत आरोप लगाए । अध्यक्ष शर्माले द्वन्द्व पीडितको घाउमा मानव अधिकार आयोगले मलम लगाएरै छोड्ने बताउँदै उनले सुरक्षाको लागि सरकार उदासिन रहेको हुँदा जनताले सुरक्षाको प्रत्याभूति गर्न नसकेको बताए ।

नेपाली जनताको न्याय र अधिकारको लागि मानव अधिकार आयोज शसक्त भएर लागेको बताउँदै सरकारले सहयोग नगर्दा पीडितहरुको न्याय दिलाउनको लागि समस्या भएको बताए ।