दोस्रो लेखनाथ जुनियर जेसिज फुट्सल कप आयोजकलाई

पोखरा ।

लेखनाथ जुनियर जेसीजले अयोजना गरेको दोश्रो लेखनाथ जुनियर जेसिज फुट्सल कप सम्पन्न भएको छ । कार्यक्रममा गण्डकी प्रदेशका सांसद दिपक कोइरालाले मानिस स्वास्थ्य रहन खेलकुदको महत्वपूर्ण भुमिका रहने भन्दै लेखनाथ जुनियर जेसीजले विभिन्न सामजि कार्यका सँग सँगै खेलकुद क्षेत्रमा पनि अगाडि बढेकोमा खुशी व्यक्त गर्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

दोस्रो लेखनाथ जुनियर जेसीज फुट्सलमा विभिन्न आठ ओटा क्लवलाई पछि पार्दै आयोजक विजेता बन्न सफल भएको छ । फाईनल खेलमा रोटयाक्ट क्लब अफ पोखरा लेकसाइडलाई ३–१ गेलले पराजित गर्दै आयोजक लेखनथ जुनियर जेसिज दोस्रो लेखनाथ जुिनयर जेसिजको उपाधि हात पार्न सफल भएको हो । विजेता जुनियर जेसिजले नगद रु १२ हजार, मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरेको छ भने उपविजेता भएको रोटयाक्ट क्लब अफ पोखरा लेकसाइडले नगद रु ७ हजार , ट्रफी, मेडल, र प्रमाण पत्र प्राप्त गरेको छ ।

लेखनाथ जेसिजका अध्यक्ष रोशन अधिकारी, एशियन लाइफ इन्सुरेन्सका प्रमुख बद्रिनाथ पौडेल लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेको कार्यक्रम लेखनाथ जेसीजको सहयोग र काइक स्पोर्टस प्रालिको विशेष सहयोगमा लेखनाथ जुनियर जेसीजका अध्यक्ष सर्वेन्द्र न्यौपानेको अध्यक्षतामा शनिबार सम्पन्न ५ ए साइड फुटसल प्रतियोगितामा लेखनाथ जुनियर जेसीजका सदस्य सजिना पौडेलले स्वागत गरेकी थिइन भने लेखनाथ जुनियर जेसीजका सदस्य प्रवात न्यौपानेले कार्यक्रम सन्चालन गरेको कार्यक्रम संयोजक जय ओझाले जानकारी दिएका छन् ।