पिसजोनमा प्रदर्शनी

पोखरा ।

पोखरा ८ सिमलचौरमा रहेको पिसजोन एकेडेमीका विद्यार्थीले सोमबार बृहत् विज्ञान प्रदर्शनी गरेका छन् । विज्ञानको चमत्कार र विकासले गरेका सांसारिक उपलब्धिलाई सरल तरिकाले विद्यार्थीहरुले स्थानीय स्रोत र साधानको उपयोग गरी प्रदर्शनी गरेका हुन् ।

कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुले समूहगत रुपमा विभिन्न वस्तुहरुको प्रदर्शन गरेका थिए । उनीहरुले फायर सेन्सर रोवोर्ट, हाइड्रोलिक एक्जाभेटर,डोजर तथा क्रेन बनाएका थिए । यसैगरी स्मार्ट सिटी परिकल्पनाको डेमो प्रदर्शन, इलेक्ट्रिक कार,विण्ड मिल, सोलार हाउस, अम्ल वर्षा डेमो , वेटर रोवोर्ट , पेरिस कोप, ड्रिप इरिगेसन सिस्टम, मोटोर वोट, सर्भिङ रोवोर्ट, डान्सिङ बल बेस्ट अन लिक्विड प्रेसर, वाटर प्रेसर रकेट,इलेक्ट्रिक वाटर पम्प लगाययत ७९ वटा प्रदर्शनी विद्यार्थीेले गरेका थिए ।

विद्यार्थीको प्रदर्शनी हेर्र्र्दै पोखरा ८ सिमलचौर निवासी ६९ वर्षिय जगन गिरीले जमना फेरिएको बताए । उनले भने, ‘हाम्रो पालामा हलो, कुटो कोदाले बनाइन्थ्यो अहिले समय अनुसर के्रन, रोवोर्ट र कार बनाउन थाले । ’ ‘ विद्यार्थीको क्षमता र प्रदर्शनीको सरहाना गर्दै गिरीले विद्यालयले पटक पटक गर्ने सहक्रियाकलापमा आफूले सहभागिता जनाउँदै आएको बताए ।

प्रदर्शनीमा अभिभावक,पत्रकार, समाजसेवी, शिक्षाविद्, विद्यालयका शिक्षक कर्मचारी,विद्यार्थी, शिक्षक कर्मचारी गरी करिब एक हजार जनाले प्रत्यक्ष अवलोकन गरेका थिए । विद्यार्थीहरुलाई पढाइसँगसँगै सहक्रियाकलापमा विशेष जोड दिँदै आएको विद्यालयले प्रदर्शनीलाई प्रतियोगितात्मक रुपमा उत्कृष्टलाई पुरस्कृृत समेत गरेको थियो ।

कार्यक्रमको समापन गर्दै विद्यालयका संस्थापक तथा प्रमुख व्यवस्थापक योगेन्द्र शर्मा दाहालले विद्यार्थीहरु पढाइका साथमा सिर्जनशीले हुनुपर्नेमा जोड दिए । विद्यार्थीको प्रतिभा प्रस्फूटन गराउन विद्यालयले हर तरहले सहयोग गर्ने प्रतिबद्धता दाहालले बताए ।