जेसीआई पोखराको वक्तृत्वकलामा रन्जना विजयी

पोखरा ।

जेसीआई पोखराले पोखरामा आयोजना गरेको नेपाल भ्रमण बर्ष २०२० सम्भावना र चुनौती बिषयमा ‘गण्डकी युवा वक्ता २०१९’ नामक वक्तृत्वकला प्रतियोगीतामा रन्जना केसी विजयी भएकी छिन् । युवाहरुको अन्र्तनिहित प्रतिभा प्रस्फुटन गराउने तथा उनीहरु भित्रको क्षमता विकास गर्ने हेतुले आयोजित प्रतियोगितामा रन्जनाले विजयी हुुदै नगद ४० हजार नगद पुरस्कारको साथमा ट्रफि, प्रमाणपत्र र एक कार्टुन एबिसी चाउचाउ हात पारेकी हुन् ।

गण्डकी प्रदेशका बिभिन्न जिल्लाका +२ उत्तिर्ण वा सो सरह अध्ययनरत कुल २७ जना बिद्यार्थीहरुको सहभागीता रहेको प्रतियोगितामा पुजा लम्साल उपबिजेता हुदै नगद २५ हजार सहित प्रमाणपत्र र एक कार्टुन एबिसी चाउचाउ, सुचना केसी सहबिजेता बन्दै नगद १५ हजार प्रमाणपत्र र एक कार्टुन एबिसी चाउचाउ र शिवानी केसीले सान्त्वना स्थान प्राप्त गर्दै नगद ५ हजारको साथमा प्रमाणपत्र प्राप्त गरिन् ।

नेपाल पर्यटन बोर्डको सभाहलमा सम्पन्न कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसिले हामिलाई बाहिरका पर्यटन आवश्यक नभएको बताएका थिए । उनले पोखरा पर्यटकीय शहर हो भने पर्यटन ब्यवसायी र पर्यटक दुबैलाई मापदन्ड आवश्यक पर्ने बताए । अब पोखरामा कती होटल आवश्यक हो र कती समय सम्म वा भित्र बनाउने भन्ने योजना हुनुपर्ने जिसीको भनाई थियो । भ्रमण बर्ष सफल पार्नका लागि आवश्यक पुर्वाधार तयारी तर्फ भने धेरै काम बाँकी रहेकोले सबैले आ—आफ्नो ठाउँबाट लाग्न सुझाव दिनुका साथै प्रतियोगिताको बिजेतालाई भोलिका दिनमा पर्यटन बिकासमा महत्वपुर्ण भुमिका खेल्नका लागि शुभकामना व्यक्त गरेका थिए ।

जेसीआइ पोखराका विगतका क्रियाकलापहरुबाट प्राप्त उपलब्धीले प्रतियोगीतालाई सफल बनाउने विश्वासका साथ २१ औ शताब्दीका युवाको प्रतिभा तथा क्षमता पहिचानको लागि सञ्चालन गरिएको पृथक प्रतियोगिताको मुख्य प्रायोजक एबिसी नुडल्स स्मार्ट फूड्स एण्ड स्न्याक्स प्रा लि, बैक पार्ट्नर एन आई सि एशिया बैंक, को स्पोन्सर बगेडी इन्टर्प्राइजेज्, एजुकेशन पार्ट्नर नेप्कम्स एजुकेशन तथा सहयोगिमा गण्डकी प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय्, नेपाल पर्यटन बोर्ड रहेका थिए ।

नेपाल भ्रमण वर्ष २०२० को सफलताको लागि जेसीआई पोखराले पनि सहकार्य गर्ने उद्देश्य सहित आयोजना गरिएको प्रतियोगिताको सन्चालन महासचिव जेसी शक्ती बरुवाल, स्वागत अध्यक्ष जेसी सन्तोश शाही तथा स्वागत मन्तव्य जेसी प्रकाश घिमिरेले गरेका थिए ।