मन्टेश्वरी चाइल्ड ट्यालेण्ट शो सम्पन्न

पोखरा ।

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शिक्षामा राज्यले लगानी गरे अनुसारको प्रतिफल आउन नसकेको बताएका छन । मन्टेश्वरी एसोसियसन कास्कीले पोखरामा शुक्रबार आयोजना गरेको दोस्रो चाइल्ड ट्यालेण्ट शो को उद्घाटन गर्दै उनले शिक्षामा निजी क्षेत्रले गरेको योगदान प्रशंसनिय रहेको बताए ।

मन्त्री गुरुङले बालबालिकाहरुलाई दिइने व्यवहारिक शिक्षाले मात्रै व्यवहारमा प्रयोग गर्न सकिने बताए । मन्टेश्वरी तहमा पढ्ने बालबालिकाहरुले प्रस्तुत गरेका प्रतिभाको मन्त्री गुरुङले खुलेर प्रशंशा गरे ।

कार्यक्रममा मन्टेश्वरी एसोसियसन कास्कीका अध्यक्ष मीलन केसीले अभिभावकको रोजाईमा मन्टेश्वरी परेको बताइन । उनले भनिन्, नानी–बाबुलाई अनुशासनको पाठ मन्टेश्वरीले सिकाएको बताइन ।

एसोसियसन कास्कीका उपाध्यक्ष शाल्भी मर्सानीले व्यस्त अभिभावकका छोराछोरीलाई असल संस्कार दिने थलोका रुपमा मन्टेश्वरी विकास भएको बताइन । कार्यक्रममा सचिव सावित्रा थापा, सह–सचिव जर्नादन सुबेदी लगायतले मन्टेश्वरीको महत्व बढेको बताए।

कास्कीमा रहेका ४५ वटा मन्टेश्वरीका विद्यार्थीहरुले दोस्रो चाइल्ड ट्यालेण्ट शो मा नेपाली संस्कृति झल्कने पोशाक, गित, नृत्य, चेतना मुलक नाटक लगायतका प्रतिभाहरु प्रस्तुत गरेका थिए । कार्यक्रमले बालबालिकाको बृतिविकासमा सहयोग पुगेको आयोजले जनाएको छ ।