चिसापानी प्रगतिशिल कृषि सहकारीको दोस्रो साधारण सभा सम्पन्न

पोखरा ।

पोखरा महानगरपालिका वडा २२ चिसापानीमा रहेको चिसापानी प्रगतिशिल कृषि सहकारी संस्थाको दोस्रो वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि पोखरा २२ का वडा अध्यक्ष मित्रलाल बरालले गर्दै सहकारीहरु उत्पादन तर्फ केन्द्रित हुनु पर्ने बताउँदै सहकारी संस्थाहरु मजबुत पार्दै आय आर्जनमा लाग्न सकिने नियम महानगरले बनाउँदै जाने बताए ।

पोखरा २२ का वडा सदस्य तथा घुम्ती सहकारी संस्थाका अध्यक्ष मातृका प्रसाद बराल, शितल चौतारी बचत तथा ऋण सहकारीका अध्यक्ष इश्वरी प्रसाद लम्साल, शेयर सदस्य ठाकुर प्रसाद पाध्या लगाएतले शुभकामना व्यक्त गरेका थिए ।

संस्थाको बार्षिक प्रगति प्रतिबेदन अध्यक्ष मिनबहादुर बास्तोलाले प्रस्तुत गर्दै संस्थाले कृषि क्षेत्रमा सहकारीले लगानी गर्दै आएको र आगामी दिनमा सेवा थप गर्दै जाने बताए । उनले शेयर सदस्यहरुलाई सामुहिक खेतीलाई प्रोत्साहन गरिने समेत बताए । संस्थाका कोषाध्यक्ष दिपेन्द्रराज पौडेलले संस्थाको आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

सो अबसरमा जेष्ठ सदस्य टंक प्रसाद शर्मा ढकाल, उत्कृष्ट कृषक दुर्गा प्रसाद पौडेल, उत्कृष्ट ऋणी पबित्रा पुरी, उत्कृष्ट बचत कर्ता कर्ण बहादुर कार्की, प्लस २ उत्तीर्ण शुदर्शन रेग्मी र प्रतीक्षा पौडेल, एसईइ उतिर्ण आशिष पोख्रेल लगाएतलाई सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष मिनबहादुर बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचीव प्रेमराज पौडेलले संचालन र स्वागत शिक्षा समिति सदस्य नारायण प्रसाद बास्तोलाले गरेका थिए ।