पुर्व सांसद डिबी नेपाली अम्बेडकर सेवा श्री अवार्डबाट सम्मानित

पोखरा ।

संविधानसभाका सदस्य, पुर्व सांसद डिलबहादुर नेपाली भारतको राजधानी दिल्लीमा एक विशेष कार्यक्रम विच सम्मानित हुनुभएको छ।

उत्पिडित समुदायलाई सचेत, जागरुक, संगठित, अधिकार र समानताका निम्ती पुर्याउनुभएको अतुलनीय योगदानका उच्च मुल्यांकन गर्दै नेशनल विजय दिवस २०१९, डिसेम्बर १० तारिख अर्थात मंसिर २४ गते अम्बेडकर सेवा श्री अवार्ड २०१९ बाट समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा समाजवादी दलित मुक्ति महासंघका इञ्चार्ज समेत रहनुभएको पुर्व सांसद नेपालीले सम्मानित हुनुभएको हो। भारतको राजधानी दिल्लीस्थित बाबु जगजीवनराम कला सँस्कृति तथा साहित्य प्रतिष्ठानद्धारा आयोजित अन्र्तराष्ट्रिय दलित सम्मेलनमा उहाँलाई भारतीय लोकसभाका पुर्व सभामुख मिरा कुमारले सम्मानपत्रबाट सम्मानित गर्नुभएको हो।

सम्मेलनमा सहभागी हुन नेपालबाट नेपाल भारत दलित मैत्री संघका अध्यक्ष ओमप्रकाश विश्वकर्मा रामदामको संयोजकत्वमा नेपाल र भारत दुवै देशका दलित समुदायको उत्थानमा सरकारी तथा गैरसरकारी तहबाट भएका कार्यक्रमहरुको अध्ययन गर्ने उद्धेश्यका साथै साहित्य र सँस्कृति सम्बन्धी सम्मेलनमा भाग लिनका लागि दलित समुदायको उच्च स्तरीय प्रतिनिधि मण्डलमा पुर्व सांसद नेपाली पनि रहनुभएको थियो।

टोलीमा अध्यक्ष ओमप्रकाश विश्वकर्मा रामदाम, सांसदहरु सुजता परियार, रामलखन हरिजन र रामप्रित पासवान, संविधान सभाका सदस्यहरु विनोद पहाडी र डिवी नेपाली, संघका महासचिव चन्द्रकुमार गदाल, कोषाध्यक्ष रामसुभग हरिजन, संघका केन्द्रीय सदस्यहरु कैलाशमान विश्वकर्म, गोमा सुनार, टुककुमारी विश्वकर्मी, अधिकारीकर्मीहरु इश्वरी विक, सुनिता मरिक, जोगेन्द्र बिक, र राष्टिय दलि पत्रकार संघका केन्द्रीय सदस्य बुद्धिबहादुर विश्वकर्मा रहनुभएको थियो।

नेपाली टोलीले भारतीय लोकसभाका सदस्यहरु, दलित आन्दोलनका अगुवाहरु र अनुसुचित जनजाति आयोग भारतका पदाधिकारीहरुसँग भेटघाट गरी नेपाल र भारतका दलित समुदायका समस्याको बारेमा छफलफलका साथै अनुभव आदानप्रदान समेत गरेका थिए।