आवश्यक परे जुनसुकै तरिकाले पनि सरकारको प्रतिरोध गरिने नेकपा पोलिटव्यरो सदस्य पुनको प्रतिवद्धता

गोरखा । नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य ओम प्रकाश पुनले आफ्नो पार्टीले गरीब, किसान, मजदुर, सुकुम्बासी लगायत सर्वहारा वर्गको पक्षमा नेपालमा जारी राखेको क्रान्तिबाट कुनै हालतमा धोखा नदिने प्रतिवद्धता व्यक्त गरेका छन् । पार्टीद्वारा गोर्खा जिल्लामा संचालन गरिएको एकिकृत जनजागरण एवं प्रतिरोध अभियानको गोर्खाको मनकामना मन्दिर प्राङ्गगणमा शुरुवात गर्दै नेता पुनले स्थानीय जनतामाझ यस्तो प्रतिवद्धता जनाएका हुन् ।

गरीब, किसान, मजदुर, सुकुम्बासी लगायत सर्वहारा बर्गको पक्षमा शुरुवात गरिएको १० बर्षीय जनयुद्धलाई प्रचण्ड र बाबुरामले धोखा दिएको आरोप लगाउंदै उनले अब कुनै हालतमा जनताको पक्षमा अघि बढेको क्रान्ति नरोकिने बताए । आफुहरु युद्ध लड्ने पक्षमा नरहेको बताउंदै उनले राज्य दमनमा उत्रिए आफुहारु त्यसको प्रतिरोध गर्न तयार रहेको बताए । उनले राज्यको प्रतिवाद गर्न आफ्नो पार्टीले जनसत्ता, जनसेना र जनअदालत स्थापना गरिसकेकाले आवश्यक परे जुनसुकै खालको प्रतिरोध गर्न सकिने संकेत गरे ।

विगतमा जस्तो निकट भविष्यमा हुने हरेक प्रकारको चुनावलाई नेपाल कम्युनिस्ट पार्टीले खारेजी अभियान जारी राख्ने जनाउ दिए । नेकपा नेता पुनले करोडौं रुपियाँ राजस्व छलेको एनसेलले अब नेपाल कम्युनिस्ट पार्टीको जनसत्तालाई कर बुझाउनुपर्ने उल्लेख गरे ।

नेकपा केन्द्रीय सदस्य एबम गण्डक ब्युरो इन्चार्ज सावित्रा दुरा आस्थाले भूकम्प गएको दुइ वर्ष बितिसक्दा पनि सरकारले भूकम्प पीडितलाई राहत दिन नसकेकोमा आपत्ति प्रकट गर्दै सुकुम्बासी बस्तीलाई सरकारी कर्मचारी र स्थानीय राजनीतिक नेताहरुको मिलेमतोमा व्यक्तिका नाममा दर्ता गर्न लागिएकोमा त्यसो नगर्न कडा चेताबनी दिइन । आफुहरुलाई परेको समस्या पार्टीमा राख्न अनुरोध गर्दै उनले जनताको पक्षमा संघर्षमा उत्रन कुनै पनि हालतमा पछी नपर्ने बताइन ।

नेपाल कम्युनिस्ट पार्टी गोर्खा सेक्रेटरी गोपाल पाण्डेको सभापतित्वमा भएको उक्त कार्यक्रममा पार्टी गोर्खा इन्चार्ज योगेन्द्र कुमाल,, पार्टी जिल्ला सदस्य अन्जु कुमाल लगायतले बोलेका थिए भने पार्टी जिल्ला सदस्य दिपक बोहराले कार्यक्रम संचालन गरेका थिए । सोही कार्यक्रममा छुनु शिल्पा सांस्कृतिक परिवारले विभिन्न नृत्यहरू प्रस्तुत गरेको थियो ।

Comments

comments

सम्बन्धित पोस्टहरू