बाढी पहिरो पीडित राहतकोषमा सिद्धार्थ क्लवको सहयोग

पोखरा । पोखरा उद्योग वाणिज्य संघले संचालनमा ल्याएको पोखरा बाढी पीडित राहत कोषमा पोखराको सिद्धार्थ क्लवले १५ हजार ५ रुपैयाँ सहयोग प्रदान गरेको छ । मंगलबार पोखरा उद्योग वाणिज्य संघमा आयोजित एक कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष रवीन्द्रबहादुर प्रजुलाई क्लवका अध्यक्ष अनिल श्रेष्ठले सो रकम गरेका हुन् ।

सो अवसरमा संघका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्कीको पनि उपस्थिति रहेको थियो । पोखरा उद्योग वाणिज्य संघले स्थापना गरेको सो कोषमा हालसम्म ११ लाख ५१ हजार ७ सय २८ रुपैयाँ संकलन भइसकेको छ । पछिल्लो पटक पोखरामा रहेको मेन मिडिया तथा उत्साही युवाहरुको तर्फबाट सो कोषमा ५१ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

पोखरा उद्योग वाणिज्य संघको ६३ आँै वार्षिक अधिवेशनको अवसरमा पत्रकार संजोग बस्याल, प्रभु अधिकारी तथा गायक विनोद बानियाँ लगायतले सो रकम संघका अध्यक्ष विश्वशंकर पालिखेलाई हस्तान्तरण गरेका हुन् ।

बाढी र पहिरोबाट सिङ्गो देश प्रभावित बनेका बेला आफ्नो दायित्ववोध मनन गर्दैै पोखरा उद्योग वाणिज्य संघले साउन ३० गते बाढी पहिरो पीडितहरुको सहयोगार्थ ‘पोखरा बाढी पीडित राहत कोष ’स्थापनाको निर्णय गरेको थियो ।

राहत संकलनको यो अभियानमा पोखरामै रहेको रेडियो अन्नपूर्ण, समाधान राष्ट्रिय दैनिक तथा गण्डकी टेलिभिजनले समेत सहकार्य गरेका छन् ।सो कोषमार्फत सहयोग गर्न चाहनेहरुलाई ओम डेभलपमेण्ट बैंकको खाता नम्बर १८०००० मा जम्मा गरी भौचरको प्रतिलिपी संघको सचिवालयमा पठाउन वा पोखरा उद्योग वाणिज्य संघको सचिवालयसहित रेडियो अन्नपूर्ण, समाधान राष्ट्रिय दैनिक तथा गण्डकी टेलिभिजनको कार्यालयमा सोझै प्रदान गर्न सकिने पोखरा उद्योग वाणिज्य संघले जनाएको छ ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment