भारतकी वरिष्ठ पत्रकार गौरीको हत्या

भारत । भारतकी वरिष्ठ पत्रकार गौरी लंकेशको हत्या भएको छ । दक्षिणपन्थी विचारधाराकी आलोचक गौरीको बैंङ्लोरमा गोली हानी हत्या भएको हो ।

५५ वर्षीया गौरी हिजो साँझ आफ्नो घरतर्फ जाँदै गर्दा अज्ञात व्यक्तिले गोली प्रहार गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मोटरसाइकलमा आएका व्यक्तिले उनको टाउको र छातीमा गोली हानेको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ‘लंकेश’ पत्रिकाको सञ्चालक रहनु भएका गौरी ४० वर्षदेखि पत्रकारितामा सक्रिय रहँदै आएकी थिईन् ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment