सस्तो बजारमा २०७६ सालको अवसरमा भाडा तथा धरौटिमा विशेष छुट

चैत, २५ पोखरा ।
सुर्यदिल ग्रुप इन्भेष्टमेन्ट कम्पनीद्धारा संचालित पोखराको पृथ्वीचोकमा रहेको सस्तो बजारमा २०७६ सालको अवसरमा विशेष छुटको व्यवस्था गरिएको छ । नयाँ वर्षको अवसरमा धरौटीमा ५० प्रतिशत तथा भाडामा २५ प्रतिशत छुट गरिएको संचालक युवराज खतिवडाले जानकारी दिएका छन् । वैशाख १५ सम्म उक्त छुट गरिएको उनले बताए ।

बजारमा नूनदेखी सुनसम्म र हिरादेखि जिरासम्म पाईने सूर्य दिल ग्रुपले जनाएको छ । बजारमा होलसेल तथा खुद्रा पसल, डिपार्टमेन्टल स्टोर्स, खाद्यान्न, लत्ताकपडा, रेष्टुरेन्ट, इम्पोरियम, व्यूटी पार्लर, सैलुन, भाँडाकुँडा, क्याफे, थकाली किचन, स्पोर्टस् सेन्टर, फलफुल, तरकारी, मोवाइल तथा इलेक्ट्रोनिक्सलगायतका सामग्री एकै थलो पोखरा सस्तो बजारमा पाइने सञ्चालक खतिवडाले बताए ।

बजारमा रहेका सामान ताजा, सफा र गुणस्तीय हुने उनले दाबी गरे । कृषकबाट सिधै बजारमा ल्याउने भएकाले सो बजारका उपभोग्य सामग्री गुणस्तरीय र ताजा हुने उनको भनाइ छ ।त्यस्तै बजार पोखराका अन्य बजारको तुलनामा सस्तो हुने सूर्य दिल ग्रुपको दाबी छ ।

असहाय, अशक्त, एकल महिला र द्धन्द पिडितको लागि विशेष छुटको व्यवस्था गरेको छ । विभिन्न फेन्सी, तरकारी, किराना, फलफुल र अन्य पसलहरु रहेको उक्त बजारमा सहकारी, इन्स्टिच्युट, पार्लर, होटल, रेष्टुरेण्ट/नान हाउस तन्दुरी हाउस लगायतका व्यवसाय गर्न सकिने र गर्न चाहने इच्छुक व्यक्तिहरुले सम्पर्क गर्न सक्ने संचालकले बताएका छन् ।

बजारमा कूल चार सय व्यवसायिक स्टल रहेका छन् । । पाँच रोपनी क्षेत्रफलमा रहेको सो बजारमा पार्किङ देखि शौचालयसम्मको व्यवस्था रहने छ । बजारमा सिसीटिभी जडान, निःशुल्क वाईफाई जोन, खानेपानी लगायतका सुविधा समेत रहनेछ । हुने खाने भन्दा गरिखाने व्यवसायीलाई प्राथमिकतामा राखेको खतिवडाले जनाए ।

सस्तो बजार सञ्चालन भएको नेपाल वायुसेवा निगमको जग्गा छाड्न पहिले व्यापारी व्यवसायी मानेका थिएनन् । प्रशासनले बल प्रयोग गरी हटाएपछि टेण्डर प्राप्त सूर्यदिल इन्भेस्टमेन्ट कम्पनी प्रालिले नयाँ ढंगले बजार सञ्चालन गर्न लागेको हो ।

साथै नेपालको विभिन्न स्थानमा जाने यात्रुहरुलाई सहज रुपमा माईक्रो हाईस संचालन गरिएको छ । बजारलाई अझ आर्कषित र व्यवस्थित बनाउने प्रतिबद्धता संचालक खतिवडाले व्यक्त गरेका छन् ।