अनुगमन,निरीक्षण तथा मूल्याङकन समितिद्वारा खेल मैदानको अबलोकन

पोखरा ।

दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तरगत पोखरामा हुने खेल मैदानको आइतबार अबलोकन गरिएको छ । स्थानीय अनुगमन,निरीक्षण तथा मूल्याङ समितिका संयोजक एवं गण्डकी प्रदेशका सांसद दीपक कोइराला (रुपक) सहितके समितिले खेल मैदानको अबलोकन गरेको हो ।

पोखरामा हुने महिला फुटबल, महिला क्रिक्रेट, आर्चरी, ह्यान्डबल,ब्याडमिन्टन, बिच भलिबल, ट्रायथोलनहुने खेल मैदान एवं क्षेत्रको अबलोकन गरेको हो । समितिले खेलमैदानहरुमा अझैपनि केही निर्माणको काम बाँकी रहेकोले तीव्रगतिमा गुणस्तरीय काम गर्न निर्देशन दिएको छ ।

सांसद एवं अनुगमन,निरीक्षण तथा मूल्याङकन समितिका संयोजक एवं गण्डकी प्रदेशका सांसद दीपक कोइरालाले पोखरामा हुने खेलहरुको निर्माण हेर्ने गरि सोहि खेल संग सम्बन्धितलाई जिम्मा दिएकोले कामको प्रगति छोटो समयमा भएको बताउनु भयो । अझैपनि निर्माण कार्य जारिरहेकोले प्रतियोगिता सञ्चालन गर्न मैदानको कारण समस्या नहुने गरि काम गर्न मैदान निर्माण गर्न जिम्मा पाएकाहरुलाई निर्देशन दिनु भएको हो ।