जिल्ला कफी सहकारी संघ लिमिटेड छैटो बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न

पोखरा ।

व्यवसायीक प्र्राङ्गरिक कफी खेती गरौं, आय आर्जनमा आत्म निर्भर बनौं भन्ने मूल नारा सहित जिल्ला कफी सहकारी संघ लिमिटेड कास्कीको छैटो बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले पून आनन्द सुवेदीलाई सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको छ । जसको उपाध्यक्षमा शोभाखर अधिकारी सचिव हरीराज घिमिरे सदस्यहरु प्रितीराज लामिछाने, वाबुराम पौडेल, इन्द्रप्रसाद वास्तोला, तिर्थराज अधिकारी, लेखा समिति संयोजकमा भोजराज पौडेल, लेखा सदस्यहरु जित बहादुर क्षेत्री, ईश्वर बहादुर खत्री रहनुभएको छ ।

कार्यक्रममा प्रमुख अतिथि सांसद दिपक कोइराला, कृषि मन्त्रालयका प्रदेश सचिव अच्यूत प्रसाद ढकाल, रुपा गाउँपालिका अध्यक्ष नवराज ओझा क्षेत्री, कृषिका राजेश गुरुङ, जिल्ला सहकारी संघका अध्यक्ष रविरमण तिवारी, राष्ट्रिय चिया तथा कफी बोर्डका निर्देशक चन्द्र पुरी, वागवानी अनुसन्धान केन्द्रका यूवराज भुषाल लगायतले कार्यक्रममा बोलेका थिए ।

स्वागत मन्तव्य संघका उपाध्यक्ष कलाधर भूगाईले गरेका थिए भने संचालन सचिव हरीराज घिमिरेले गरेको कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष आनन्द सुवेदीले गरेका थिए ।